काठमाण्डौ । भारतले पेट्रोलियम कच्चा तेलमा विन्डफल करमा भारी बढोत्तरी गरेको छ। 

आज अगस्ट १ देखि लागू हुने गरी भारतको केन्द्रीय सरकारले कच्चा तेलमा विन्डफल कर बढाएर दोब्बर पारेको हो। भारतले स्वदेशी उत्पादन हुने कच्चा पेट्रोलियममा प्रतिटन १ हजार ६ सय रुपैयाँबाट बढाएर प्रतिटन ४ हजार २ सय ५० रुपैयाँ पुर्याएको छ। यसका साथै भारतले डिजेल निकासीमा शून्यबाट १ रुपैयाँ प्रतिलिटर महसुल पनि बढाएको छ।

भारतले पेट्रोल र हवाई इन्धनमा विन्डफल करमा कुनै परिवर्तन भएको छैन। २०२२ जुलाई १ मा भारत सरकारले कच्चा तेल उत्पादकहरुमा अप्रत्याशित कर र पेट्रोल, डिजेल तथा हवाई इन्धनको निर्यातमा शुल्क लगाएको थियो। निजी रिफाइनर्सले स्वदेशमा बिक्री गर्नुको साटो विदेशी बजारमा कडा मार्जिनमा बिक्री गरेर नाफा कमाउन खोजेकाले भारत सरकारले यस्तो निर्णय गरेको थियो। 

सोही कारण भारत सरकारले २०२२ जुलाई १ देखि देशमा कच्चा तेलको उत्पादन र निकासीमा विशेष अतिरिक्त अन्तःशुल्क लगाउने निर्णय गरेको थियो। भारतले हरेक १५ दिनमा यसको समीक्षा गर्छ। यसअन्तर्गत भारत सरकारले यसअघि जुलाई १५ मा पेट्रोलियम कच्चा तेलको उत्पादनमा विन्डफल कर बढाएर प्रतिटन भारु १ हजार ६०० पुर्याएको थियो। अहिले फेरि एकपटक बढाइएको छ।

स्वदेशी तेल कम्पनीहरुले पेट्रोल, डिजेल, पेट्रोल, हवाई इन्धन र पेट्रोलियम कच्चा तेलको निकासीमा भारत सरकारले विन्डफल कर लगाउँछ। यो करमार्फत भारत सरकारले निजी तेल कम्पनीहरुलाई स्वदेशी बजारमा उत्पादन बेच्न प्रेरित गर्छ। 

तेल कम्पनीहरुले भारतमा तेल बेच्नुको सट्टा विदेशी बजारमा बेचेर ठूलो रिफाइनिङ मार्जिन कमाउँछन्। सरकारले ती कम्पनीको नाफामा कर लगाउने निर्णय गरेको हो। जसले गर्दा ती तेल कम्पनीलाई आन्तरिक बजारमा पेट्रोलियम पदार्थ बिक्री गर्न उत्प्रेरित गर्न सकिन्छ।

कुनै विशेष प्रकारको परिस्थितिबाट तुरुन्तै लाभ उठाउने कम्पनी वा उद्योगमा विन्डफल कर लगाइन्छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य निकै बढेको थियो। यसबाट तेल कम्पनीहरुले धेरै फाइदा उठाएका छन्। –एजेन्सी