काठमाण्डौ । स्थानीय र संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्तिहरु पनि अब बैंक तथा बित्तीय संस्थाको संचालक बन्न नपाउने भएका छन् ।
नेपाल राष्ट्रबैंकले सोमबार क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै सांसदले झै स्थानीय र संघीय तहमा निर्वाचित पदाधिकारीहरुले समेत संचालक बन्न नपाउने व्यवस्था भएको बताएको हो ।
नेपाल राष्ट्रबैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गरी केन्द्रीय बैंकबाट जारी निर्देशनमा भनिएको छ–‘संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित ब्यक्तिहरु यस बैंकबाट ईजाजत प्राप्त संस्थामा संचालक रहँदा संस्थागत सुशासनको पक्ष कमजोर हुने हुँदा त्यस्ता पदाधिकारीले पदमा बहाल रहुञ्जेल बैंक तथा बित्तीय संस्थाको संचालक समितिमा प्रतिनिधित्व गर्न पाउने छैनन् ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago