काठमाण्डौ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर कारोबार सुरु भएको छ । 

बिहीबार स्पेसल प्रि ओपन सेसनमा ती कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कारोबार सुरु भएको हो ।

 मिड सोलु हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ भने भगवती हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३६१.१ रुपैयाँमा भएको छ  । नेप्सेले बुधबार मिड सोलु हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३००  रुपैयाँ र भगवती हाइड्रोको पहिलो कारोबारको लागि १२०.४१ रुपैयाँ देखि ३६१.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।ती कम्पनीहरुको आज उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो।

नेप्सेमा बुधबार मात्रै मिड सोलु हाइड्रोको ७४ लाख ८४ हजार कित्ता शेयर र  भगवती हाइड्रोको ९७ लाख २० हजार ६ सय ४७ कित्ता शेयर सूचीकृत भएको थियो ।