काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले स्याङ्जाको आँधीखोला गाउँपालिकामा स्थापित नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । 

एक समारोहका बीच आँधीखोला गाउँपालिका वडानम्बर ५, कृषिस्थित शाखाको गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले बैशाख २६ गते उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

हाल यो बैंकको देशभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाईको बृहत सञ्जाल रहेको छ भने १६ लाख भन्दा बढी ग्राहक रहेका छन् ।