काठमाण्डौ । एनआईसी एसिया लघुवित्तसँगको मर्जर प्रक्रिया स्वीकृत गर्नका लागि स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ।

स्वदेशी लघुवित्तको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारसभा आउँदो माघ ४ गते डोकेको हो। सभा सुनसरी इटहरीस्थित होटेल पाथिभारामा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस गरिने स्वदेशी र एनआईसी एसिया लघुवित्त मर्जरसम्बनधी प्रतिवेदन पारित हुनेछ।

सभाले मर्जर प्रयोजनका लागि निर्धारण गरिएको सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। योसँगै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।