काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २३.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ कराड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
प्रथम त्रैमासमा संस्थाले १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
संस्थाले समीक्षा अवधिमा १ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार १५.७८ प्रतिशतले घटेर १२ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भको आकार १५ करोड ३३ लाख रुपैयाँको थियो।
चुक्तापुँजी ३६ करोड ५९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी ईपीएस ३७.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२.२४ गुणा र प्रतिसेयर नेटवर्थ १३५.२८ रुपैयाँ रहेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago