काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक संस्थाको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्ज गरेको थियो।

दोस्रो त्रैमासमा संस्थाको सञ्चालन घाटा १० करोड ६७ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन नाफा ८ करोड २४ लाख रुपैयाँ थियो। 

संस्थाको खुद ब्याज आम्दानी १३ करोड ५७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आम्दानी १३ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ९६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ५५ करोड सापटी लिई ३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार ७३.५२ प्रतिशतले बढाएर १७ करोड ३५ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १० करोड रुपैयाँ रहेको थियो।

संस्थाको चुक्तापुँजी ३६ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२.६४ रुपैयाँबाट बढेर ३६.१७ रुपैयाँ भएको छ। पीई रेसियो ३३.७३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४७.४४ रुपैयाँ रहेको छ।