काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ३०.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि घटेर २९ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो मुनाफा ४१ करोड ९८ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ६३ करोड ५० लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६८ करोड २० लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाल ४ अर्ब २८ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ३० करोड रुपैयाँ सापटी लिई १५ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाले रिजर्भको आकार भने १९.५८ प्रतिशतले बढाएर १ अर्ब ५३ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिभर्जमा १ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १७ अर्ब ८६ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४६.५७ रुपैयाँ रहेको छ। ईपीएस ३७.०४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २९३.३२ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago