काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। 

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्ष यही अवधिको तुलनामा १४८.९८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाले सञ्चालन मुनाफाबाट ३ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो। गत वर्ष यही अवधिमा संस्थाको यस्ता मुनाफा ६६ लाख रुपैयाँमात्र थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ४१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी ३ करोड ४ लाख रुपैयाँ रहेको थियो।

संस्थाले ८१ करोड ४० लाख रुपैयाँ सापटी लिई १ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ५९ करोड १ लाख रुपैयाँ सापटी लिई ८९ करोड ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार १११.४४ प्रतिशतले बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष रिभर्जमा ३ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी ७ करोड ६७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३६.४३ रुपैयाँबाट बढेर ७३.१५ रुपैयाँ पुगेको छ। पीई रेसियो २१.६५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५२.९५ रुपैयाँ रहेको छ।