काठमाण्डौ । स्विफ्ट बैंकिङ सिस्टमले आफ्नो विश्वव्यापी नेटवर्कबाट ७ वटा रुसी बैंकलाई हटाउने भएको छ। यही मार्च १२ सम्म ती बैंकहरुलाई हटाउने काम सम्पन्न हुने स्विफ्टले जनाएको छ।
स्विफ्टद्वारा जारी विज्ञप्तिमा युक्रेनमा रुसले गरेको आक्रमणबाट पीडितहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ।
यसअघि अमेरिका, युरोपेली संघ, बेलायत र यसका धेरै सहयोगीहरुले प्रमुख अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली ‘स्विफ्ट’ बाट धेरै रुसी बैंकहरुलाई हटाउने निर्णय गरेका थिए।
विश्वभरका हजारौँ वित्तीय संस्थाहरुले स्विफ्ट प्रणाली प्रयोग गर्छन्। रुस तेल र ग्यास निर्यातका लागि यो प्रणालीमा धेरै निर्भर छ।
रुसले युक्रेनमा गरेको आक्रमणपछिको यो सबैभन्दा कडा प्रतिबन्ध मानिएको छ। रुसअघि इरानलाई मात्र स्विफ्ट प्रणालीबाट बाहिर निकालिएको थियो। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago