काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश ह्वात्तै घटाएको छ ।
संस्थाले हालै जारी गरेको १ः२ अनुपातको हकप्रद सेयरका कारण संस्थाले यसअघि प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत घटेर १०.५२ प्रतिशतमा झारेको छ । प्रस्तावित लाभांश कुल २१.०५ प्रतिशत लाभांश घटेको हो ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १६.५७ प्रतिशतले हुन आउने १ करोड ५८ हजार ७७९ रुपैयाँबराबरको नगद लाभांश र १५ प्रतिशतले हुन आउने ९१ लाख ८०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
हाल संस्थाको १ः२ बराबरको हकप्रद सेयर पूँजीकृत हुने प्रक्रिया पूरा भइसकेकोले समायोजनपश्चात् बुक क्लोजभन्दा अगाडि कायम रहेको चुक्तापुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँको क्रमशः ५.५२ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ७७९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ५ प्रतिशतले हुन आउने ९१ लाख ८०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको बैंकले जनाएको छ ।
यसैबीच संस्था हिजो बसेको सञ्चालक समितिको बैठकले आफ्नो छैटौँ वार्षिक साधारणसभा पुस २९ गते बाराको सिमरास्थित होटल इच्छामा गर्ने निर्णय गरेको छ । सोही सभामा प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश पारित गर्नेछ ।
सभामा संस्थाको जारी तथा चुक्ता पुँजी हाल ६ करोड ६ लाख ७२ हजार रुपैयाँ को १ः२ अनुपातमा हकप्रद सेयर १२ करोड १३ लाख ४४ हजार रुपैयाँ र गत आर्थिक वर्षको प्रस्तावित बोनस सेयर ९१ लाख ८०० रुपैयाँ गरी जम्मा १९ करोड ११ लाख १६ हजार वृद्धि गर्ने र अधिकृत पुँजी २० करोड बाट वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।
सभामा अन्य कुनै उपयुक्त लघुवित्त संस्थासँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने गराउने कार्यको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।
संस्था साधारणसभा र लाभांश प्रयोजनका लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । यसको मतलब संस्थाको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन पुस १८ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्ने छ ।
तल हेर्नुहोस् –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19