काठमाण्डौ । नेपाल राष्ट्र बैंक न्यूनतम पुँजी पुगेर पनि हकप्रद जारी गर्न खोज्ने बैंकहरुप्रति कठोर बन्न थालेको छ।
राष्ट्र बैंक पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको पुँजीको आकार बढाउनका लागि एक–आपसमा गाभ्ने तथा गाभिने प्रक्रियामा जाऊन् भन्ने चाहन्छ। यही नीतिअनुसार न्यूनतम चुक्तापुँजी पुर्याइसकेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनमा राष्ट्र बैंकले रोक लगाएको हो।
तिनाउ मिसन डेभलपमेन्ट बैंक पछिल्लो समय प्रदेशस्तरको विकास बैंकका रुपमा रहेको छ। यस्तो विकास बैंकको न्यूनतम चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ हुनुपर्छ। जब कि हाल यो बैंकको चुक्तापुँजी १ अर्ब ६७ करोड रुपैयाँ पुगिसकेको छ। जुन न्यूनतम पुँजीभन्दा बढी हो।
तिनाउ मिसनले यो चुक्तापुँजीको १२ प्रतिशत बोनस सेयर र ६० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। बैंकले हकप्रद र बोनस सेयर जारी गरेपछि चुक्तापुँजीलाई २ अर्ब ४१ करोड रुपैयाँ बनाउन खोजेको थियो। तर राष्ट्र बैंकले यो बैंकलाई बोनस सेयर जारी गर्न स्वीकृति दिए पनि हकप्रदमा रोक लगाएको छ। यसले केन्द्रीय बैंक पुँजीको आकार बढाउन चाहने बैंकहरुलाई हकप्रदमा रोक लगाउँदै मर्जर वा एक्विजिसनका लागि कठोर बनेको संकेत गर्दछ।
यसअघि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडलाई पनि राष्ट्र बैंकले हकप्रद निष्कासनमा स्वीकृति दिएको थिएन। त्यसबेला बिजशालासँग कुरा गर्दै राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भनेका थिए, ‘आवश्यक नै नभई, राष्टबैंकसँग सल्लाह नगरी जथाभावी हकप्रद सेयर जारी गर्न खोज्नेहरुलाई अब दिइनेछैन। हामीले मर्जर र एक्वीजिसनबाटै पूँजीको आकार बढाउन् भन्ने उद्देश्यले यस्तो नीति लिएका हौं।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19