काठमाण्डौ । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स प्रालिले विश्व प्रसिद्ध हाइगर ब्रान्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। जसका लागि शशिला मोटर्सले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो। 

हाइगर बस कम्पनीले बिश्वका १ सय ३० भन्दा धेरै देशमा आफ्नो उपस्थिति जनाइसकेको छ। हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्रान्ड’को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्रान्ड हो। 

यो सम्झौतासँगै शशिला मोटर्स हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ। सुरुमा शशिला मोटर्सले १६ सिट क्षमताका इभी मिनि भ्यान  र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ। जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ। 

हाइगर ईभी भ्यानका प्रमुख विशेषता 

  • नेपालकै पहिलो १६ सिट क्षमताको ईभी भ्यान। 
  • सिंगल चार्जमा २५० किलोमिटर रेन्ज। 
  • ७० किलोवाट आवर ब्याट्री। 
  • कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक।
  • कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ तथा एअर ब्याग सिस्टमहरुसहितको सुरक्षाका विशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान)। 
  • १६ सिट क्षमताको ईभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुला ठाउँ भएको।
  • यात्रुको सुविधाका लागि एअर कन्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट भएको।
  • नेपालको बाटो सुहाउँदो २०० एमएम उचाइ ग्राउन्ड क्लियरेन्स भएको। 
  • ९० किलोवाट पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता भएको।
  • एलोई ह्विल र २१५ आर ७५ टायर साइज, १६ पीआरसहितको पहिलो ईभी भ्यान, जसले गाडीको रेन्ज र स्ट्याबिलिटी बढाउँदछ।