काठमाण्डौ । उर्जा उत्पादकहरुले जलविद्युत कम्पनीहरु टाट पल्टिने अवस्थामा पुगेका भन्दै उद्धार गरिदिन राष्ट्रबैंकसँग हारगुहार गरेका छन् ।
उनीहरुले विभिन्न जलविद्युत कम्पनीहरुले बैंकहरुबाट लिएको ऋणको ब्याज असूल्दा सहुलियत दिई उद्धार गरिदिन आग्रह गरेका हुन् ।
स्वतन्त्र उर्जा उत्पादक संघका तर्फबाट भूवनकुमार डाँगीले राष्ट्रबैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि सुझाव दिंदै उद्धार गरिदिन भनेका हुन् ।
हाल २४ वटा जलविद्युत कम्पनीमो नेप्सेमा सूचिकृत रहेका र तीमध्ये १५ कम्पनीको सेयर मूल्य १०० भन्दा तल झरेको भन्दै चिन्ता व्यक्त गरे।
'हाइड्रो क्षेत्रमा विकराल अवस्था छ ।' उनले भने-'अब त बैंकहरुले लगानी गर्न पनि छाडिसके । न मर्नु न बाँच्नुजस्तो अवस्था भो ।'
उनले बैंकहरुले ब्याज असूल्दा जलविद्युत कम्पनीहरुलाई उद्धार गर्ने हिसाबले सोचिदिन र सोही अनुसारको नीति बनाइदिन आग्रह समेत गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago