काठमाण्डौ । साताको  अन्तिम कारोबार दिन बिहीबार ६ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय १ : ४५ बजेसम्ममा हाथवे इन्भेष्टमेन्ट नेपाल,भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर,मनकामना इन्जिनियरिङ हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा बजार भने ३.४१ अंकभन्दा बढीले घटेर २ हजार ६७.४२ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

साताको दोस्रो कारोबार दिन बुधबार २ हजार ७०.८४ को विन्दुमा बन्द भएको थियो भने ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

बजार जानकारहरुले बजार घट्नु पर्ने कारण केहि नभएको बताएका छन् । साथै उनीहरुले बजार पस्न छुटेकालाई यो राम्रो समय र उपयुक्त अबसर भएको पनि बताएका छन् ।