काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार चार ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय २ : १० बजेसम्ममा हाथवे इन्भेष्टमेन्ट नेपालसहित चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा बजार भने २.४३ अंकले घटेर २ हजार ६४ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बजार जानकारहरुले बजार घट्नु पर्ने कारण केहि नभएको बताएका छन् । साथै उनीहरुले बजार पस्न छुटेकालाई यो राम्रो समय र उपयुक्त अबसर भएको पनि बताएका छन् ।

 

अझ क्लबहाउसमा भने यतिखेर लो क्याप कम्पनीको चर्चा भइरहेको छ ।त्यहाँ लगानीकर्ताले यस्ता कम्पनीको सेयर किनेर थुपार्ने यो समय भएको बताएका छन् ।