काठमाण्डौ । हाम्रो विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । 

बैंकको भदौ २१ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत सेयर लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय बैंकको आगामी वार्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृति भएपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा अघिल्लो आबको भन्दा खूद नाफामा करिब दोब्बरको वृद्धि हासिल गरेको थियो । यो बैंकले ३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

२५ प्रतिशत बोनस सेयरपछि हाम्रो विकास बैंकको  चुक्तापूँजी १५ करोड १७ लाख बढी पुग्नेछ ।