काठमाण्डौ । हाम्रो विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ६४.६२ प्रतिशतको प्रगति हासिल गरेको हो । 

अघिल्लो वर्ष १ करोड ३० लाख रुपैयाँमा सीमित खूद नाफा यो वर्ष बढेर २ करोड १५ लाखको उचाईमा पुुगेको छ । 

हाम्रो विकास बैंकको खूद ब्याज आम्दानी २ करोड ४८ लाखबाट वृद्धि भई ४ करोड १४ लाखको उचाईमा पुुगेको छ । खूद ब्याज आम्दानीतर्फको यति राम्रो प्रगतिले यो कम्पनी व्यवसाय बिस्तारमा पनि सफल हुँदै गएको बुुझ्न सकिन्छ । 

यो अवधिमा बैंकले १ अर्ब १७ करोड निक्षेप संकलन गरी १ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८५ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ६६ करोड ६१ लाख कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ । यो वर्षको दोश्रो त्रैमाससम्मको प्रति सेयर आम्दानी २८ रुपैयाँ १३ पैसा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा २१ रुपैयाँ ३६ पैसा मात्र थियो । यो बैंक ज्योति विकास बैंक र झिमरुक विकास बैंकसँग मर्जरमा गए पनि त्यो असफल भएको थियो । यही कारण पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले २ सय प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पास गरेको थियो । हकप्रद निश्कासनपछि यो बैंकको चुक्तापूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुुग्नेछ । 

यो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १२५ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १४.२१ गुणा कायम भएको छ ।