काठमाण्डौ । हाम्रो विकास बैंक लिमीटेडले बिक्री नभएको(अबितरित) हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

यो बैंकले २०७४ जेठ ७ गतेदेखि असार ११ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थापक सेयरधनीले खरीद नगरेका कुल ८० हजार ७ सय ७०.७६ कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । 

यो बैंकले जोकोही प्राकृतिक व्यक्तिले यो बैंकको संस्थापक सेयरका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नसक्ने जनाएको छ । 

शिलबन्दी बोलपत्र आगामी भदौ २५ गतेदेखि असोज २ गतेसम्ममा तोकिएको स्थानमा बुुझाउनुपर्नेछ । 

यो बैंकको संस्थापक सेयर लिलामीका लागि एनआइबिएल क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । इच्छुक लगानीकर्ताले एनआइबिएल क्यापिटलको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

न्यूनतम १ सय रुपैयाँ मूल्य राख्नुुपर्ने, न्यूनतमा १०० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि बोलपत्र पेश गर्नुपर्ने बताइएको छ । 

परेका बोलपत्रहरु असोज ४ गते बिहान १० बजे बिक्री प्रबन्धक कार्यालयको हातामा खोलिने सूचनामा उल्लेख छ ।