काठमाण्डौ । हाम्रो विकास बैंकले आफ्ना सेयरधनीलाई ७.३ प्रतिशतका दरले नगद लाभांश वितरणको घोषणा गरेको छ ।

यो विकास बैंकको माघ २२ गते सम्पन्न बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयनका क्रममा बैंकले करिब ३ करोड ३५ लाख रुपैयाँ नगद लाभांशको रुपमा सेयरधनीलाई वितरण गर्नेछ । सोमा लाग्ने कर कम्पनीले नै व्यहोर्नेछ ।

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

यो बैंकले चालु आर्थिक वर्र्षको दोश्रो त्रैमाससम्म २ करोड २१ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो कम्पनीको चुक्तापुँजी ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ ।