काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने दाबी गरेका हुन् ।
संघको कार्यसमितिलाई भर्चुअल माध्यममार्फत् बधाइ तथा शुभकामना दिँदै गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पुर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६/५७ प्रतिशत उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने जिकिर गरे ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भने, ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’  ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ,’ गभर्नर अधिकारीले भने । 
 
यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले ‘अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे  भन्ने कुरा हामी चैत पछि मुल्याङ्कन गछौं ।’
असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमामसमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पस्ट नहुने गभर्नर अधिकारीको भनाई थियो । चैतसमममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने उनको भनाई थियो । 
कोभिड पछिको आर्थिक पुनरुउत्थानको लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब भन्दा बढीको योगदान भएको र
हालसम्म ८१ अर्ब पुनरकर्जा स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिए । स्वीकृत भएको ८१ अर्बको पुनकर्जा मध्ये  अधिकांस १५ लाख भन्दा साना कर्जामा गएको जानकारी दिँदै उहाँले पुनरकर्जाकर्जाको उपयोग एसएमइ क्षेत्रमा बढी भएको दाबी गरे ।
‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गभर्नर अधिकारीले भने । 
सार्वजनिक हित बाहेकको काम राष्ट्र बैंकले कुनै पनि हालतमा नगर्ने प्रष्ट पार्दै गभर्नर अधिकारीले भने, ‘हामीले सार्वजनिक हीत बाहेकका काम गर्दैनौँ प्रणालीको सुधारमा काम गर्ने हो ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19