काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले बारा र पर्साका हावाहुरी पीडितहरुलाई खाद्यान्न तथा अन्य राहात सामाग्री वितरण गरेको छ । 

बैंकका वीरगञ्ज, कलैया र प्रसौनी शाखाहरुको तर्फबाट हावाहुरीबाट प्रभावितहरुको उद्धारका लागि राहात वितरण गरेका हुन् । 

बैंकको तर्फबाट पीडितहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्धपिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरिएको हो ।

बैंकले हावाहुरी पीडितहरुलाई आफ्ना अन्य शाखाबाट समेत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।