NIC Asia Bank Limited
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तराईको बारा तथा पर्सा जिल्लाका हावाहुरी पीडितलाई राहात सामाग्री प्रदान गरेको छ ।
बैंकले हावाहुरीबाट पीडितहरुलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।
ती अत्यावश्यक राहत सामग्री हावाहुरीबाट बढी प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेल चैत २०गते एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।
सो अवसरमा प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राहात सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष प्रसादले एनआइसी एशिया बैंकले गरेको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने बताएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19