काठमाण्डौ । जलवायु परिवर्तन भयावह स्थितिकै कारण विश्वका कतिपय स्थानका मासिन खाद्यसंकटको चपेटामा परिरहेका छन् ।
जनघनत्वको वृद्धिसँगै ऊर्बर भूमिको विनाश र जलवायु परिवर्तनका निम्तिएका विभिन्न प्राकृति विपत्तिले खेतीयोग्य जमिनमा भइरहेको ह्रासले खाद्य बाली उब्जिनको संकट बढ्दै गइरहेको छ । यस्तोमा कतिपय देशका जनतामा खाद्यान्नका लागि परनिर्भरता बढ्दै गएको छ ।
विश्वमा बढ्दै गएको खाद्यसंकट टार्ने उद्देश्यले फिनल्यान्डका वैज्ञानिकहरुले हावा, पानी र बिजुलीको समिश्रणबाट एउटा छुट्टै खाद्य पदार्थ विकास गरेको दाबी गरेका छन् । यो खाद्यपदार्थको नाम ‘सोलेन’ दिइएको छ । यसलाई ‘थिन एयर फुड’ पनि भनिएको छ ।
यो खाद्य पदार्थ हाम्रो परम्परागत भोजन उत्पादन गर्ने तरिकामा क्रान्ति ल्याउन सक्ने दाबी वैज्ञानिकहरुले गरेका छन् । यो खाद्यपदार्थ उत्पादन गर्ने सोलर फुड्स कम्पनीका अनुसार विश्वमा लगातार बढिरहेको भोजनको मागको विकल्प ‘सोलेन’ बनन सक्नेछ । यो पर्यावरणका लागि निकै फलदायी हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार अन्नको बढ्दो मागका कारण पृथ्वीमा संसाधनको भारी दबाब परिरहेको छ । अन्न उत्पादन गरिने जमिनबाट ग्रिनहाउ ग्यास उत्सर्जनको जिम्मेवार रहेको छ । आँकडाका अनुसार १४.५ प्रतिशत ग्रिनहाउस ग्यास पशु, खेती डेरीबाट उत्पादित हुन्छन् ।
कम्पनीले यो परिदृश्य बदल्न ‘सेलन’ खाद्यपदार्थ फलादायी हुने दाबी गरेको छ । उसले पृथ्वीलाई जलवायु परिवर्तनबाट उत्पादन हुने परिस्थितिबाट बचाउन पनि परम्परागत खेती प्रणालीबाट बाहिर आउने पनि जनाएको छ ।
कम्पनीले सोलेनलाई प्राकृतिक प्रोटिनको प्रमुख स्रोतका रुपमा विकसित गरिरहेको दाबी गरेको छ । यो अन्य प्रोटिनयुक्त खानेकुराजस्तै स्वादहीन र कुनै पनि भोजनका रुपमा प्रयोग गर्न सकिन्छ । यसको उत्पादनमा एउटा सानो कार्बन फुटप्रिन्ट हुनेछ । एउटा फरमेन्टेसन ट्यांकभित्र ब्याक्टिरिया विकसित गरी यो खाद्यपदार्थ तयार गरिन्छ ।
सोलर फुड्स कम्पनी पानीबाट बिजुली बनाएर हाइड्रोजन बनाउँछ र कार्बन डाइअक्साइडको हावाबाट बाहिर निकालिन्छ । त्यही कारणले कम्पनीले यो खाद्य पदार्थलाई ‘थिन एयर फुड’ नाम दिएको हो ।
वैज्ञानिकहरुले यो प्रक्रियापछि जुन पाउडर (धुलो) उत्पन्न हुन्छ, त्यसमा ६५ प्रतिशत प्रोटिन, कार्बोहाइड्रेट्स र फ्याट समावेश हुन्छ । यो पाउडरको ब्रेड वा पास्तामा हालेर उपभोग गर्न सकिन्छ ।
यो खाद्यपदार्थलाई डेरी प्रडक्ट र मासुको विकल्पका रुपमा उपभोग गर्न सकिन्छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago