काठमाण्डौ । हिमालयन  जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

इन्स्योरेन्सको मंसिर १९ गते बसेको २०१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९७ लाख नाफा कमाएको छ । 
यो बिमा कम्पनीको चुक्तापूँजी ३२ करोड १० लाख रुपैयाँ छ । २० प्रतिशत बोनस सेयरपछि चुुक्तापूँजी ३८ करोड ५२ लाख रुपैयाँको उचाईमा पुुग्नेछ ।