काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७ सय रुपैयाँ बढीमा कारोबार भइरहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी कात्तिक २७ गतेदेखि अबितरित हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

यो बिमा कम्पनीले ७१ ह्जार ५ सय ३० कित्ता अबितरित साधारण सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । 

यो कम्पनीले गत असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद सेयरको बिक्री खुलाएको थियो । त्यसमध्ये बिक्री नभएको ७१ ह्जार ५ सय ३० कित्ता सर्वसाधारणतर्फको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 

एनएमबी क्यापिटल लिमीटेडले हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद लिलामीमा बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुक लगानीकर्ताले मंसिर ४ गतेभित्र तोकिएको स्थानमा गएर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम मूल्य प्रतिकित्ता १०० सय रुपैयाँ र न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

इच्छुक लगानीकर्ताले एनएमबी क्यापिटलको मुख्य कार्यालय र एनएमबी बैंकका शाखा कार्यालयहरुमा गएर समेत बोलपत्र पेश गर्न सक्नेछन् । 

हिमालयन जनरल इन्स्योरेन्सको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७०६ रुपैयाँ रहेको छ ।