काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ ।
कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
यस हिसावले हेर्दा सबैले १० कित्ताका दरले सेयर पाउने र करिब केहि आवेदकले २० कित्ताका दरले थप सेयर पाउने भएका छन् ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको थियो ।कम्पनीले गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago