काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको १ लाख कित्ता बढी सेयर आज(पुस ११ गते)देखि लिलामीमा राखिएको छ। गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको कम्पनीको संस्थागत समूहको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो । 

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०,००० कित्ता वा सो भन्दा माथिका लागि कुनै हद तोकिएको छैन ।  यो सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले पुस १९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।