काठमाण्डौ ।सर्बाधिक चर्चा र विवादमा रहेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ अन्तत : बाँडफाँट समेत भइसकेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १५ लाख७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ६४ हजार ५६४ जनाको आवेदनमात्रै योग्य भएको थियो । १० कित्तादेखि ३० कित्ता सम्मआवेदन दिनेले मागअनुसारकै सेयर प्राप्त गरेका छन् । 
 

३० कित्ताभन्दा बढी मागगर्ने भाग्यमानी २९ हजार २१ जनाले भने थप १० कित्ता गरी ४० कित्ताका दरले सेयर  पाएका छन् ।
 

कम्पनीको सेयर पाउने सेयरधनीहरुमा यतिबेला पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता रहेको छ । 
 

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३.७ रुपैयाँदेखि अधिकतम ३०९.२१  रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । 
 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ (किताबीमूल्य)को आधारमा ओपनिङ मूल्य तोक्ने गर्दछ । 
 

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १०३.७ रुपैयाँ छ । कम्पनीले अंकितमूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियमथप गरी २०६ रुपैयाँमा ३ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता बिक्री गरेको थियो । 
साथै कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

बाँकी रहेको २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणलाई बिक्री गरिएको थियो ।