काठमाण्डौ ।  हिमालयन रि-इन्स्योरेन्सको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ ।

यो दिन स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो म्याचिङ कारोबार भई सेयर मूल्य तयभएसँगै पहिलो कारोबार सुरु भएको हो ।कम्पनीको पहिलो कारोबार अधिकतम मूल्यमै अर्थात् ३०९.२ रुपैयाँमा भएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०३‍.७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

कम्पनीको एचआरएल स्टक सिम्बलबाट कारोबार सुरु भएको हो ।

आइतबार मात्रै नेप्सेमा कम्पनीको सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर सूचीकृत भएको थियो ।