काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबार हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

नियमित कारोबार सुरु भएको केहि सेकेण्डदेखि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ३४०.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

कम्पनीको पहिलो कारोबार भने यो दिन ३०९.२ रुपैयाँमा भएको थियो ।

यसैगरी, उक्त कम्पनीसहित अन्य पाँच ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लागेका कम्पनीहरुमा  हिमालयन रि-इन्स्योरेन्ससहित सिंगटी हाइड्रोपावर,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तेह्रथुम पावर कम्पनी छन् ।
 

यो समाचार तयार पार्दाको अवधि १२: ४ बजेसम्ममा बजार २२.१७ अंकले बढेर २ हजार ४५.०९ विन्दुमा पुगेको छ ।

यसैगरी, कारोबार भने १ करोड ६ अर्ब रुपैयाँभन्दा माथि भएको छ ।

सेयर बजारको विषयमा बजार जानकार महेश रिजालले पुस मसान्तको प्रभावका कारण बजारमा दबाब देखिएको भएपनि बजारमा सुधार आउने बताए । 

उनले हिमालयन रि-इन्स्योरेन्सको आईपीओ पनि दोस्रोबजारमा कारोबारमा आएकाले यसले पक्कै पनि बजारमा सकारात्मक प्रभाव पार्ने बताए । 

कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य केही दिन बढ्ने अनुमान छ ।