काठमाण्डौ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी माघ २५ गतेका लागि ३० औँ वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौ थापागाँउमा रहेको बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजे सभा डाकेको हो । 

उक्त सभामा गत आर्थिक वर्षका लागि चुक्तापूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामाले रिक्त स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्नेछ ।   

यसैगरी, सभाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीले  साधारणसभा प्रयोजनको लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।