काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दोस्रो कार्यकालका लागि सुशील बज्राचार्य नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले २०७६ साउन १ गतेदेखि लागू हुने गरी बज्राचार्यलाई पुनः सीईओमा नियुक्त गरेको छ । बज्राचार्य अब चार वर्षका लागि सीईओ पदमा रहनेछन् ।

यसअघि पनि बज्राचार्य नै कम्पनीको सीईओमामा रहेका थिए ।