काठमाण्डौ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणालाई मातृशोक परेको छ। 

विगत १० वर्षदेखि क्यान्सरसँग लडिरहेकी  बिजया राज्यलक्ष्मी राणाको आइतबार दिउँसो उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

दिवंगत विजया राज्यलक्ष्मी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शम्शेर राणाकी पत्नी समेत हुन् । 

स्व. विजयाको आइतबार नै पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरियो । 

स्वर्गीय राणाका दुई छोरा र दुई छोरी छन्।