काठमाण्डौ । धितोपत्र बोर्डले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई १६६.६७ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

योसँगै अब हिमालयन जनरल इन्स्योेरेन्सले आफ्ना सेयरधनीलाई १ सय रुपैयाँ अंकित मूल्यका कुल ६४ लाख हकप्रद निश्कासन गर्नेछ । 

एनएमबी क्यापिटल लिमीटेडले यो बिमा कम्पनीको हकप्रद निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ । इक्रा नेपालले हिमालयन जनरल इन्स्योरेन्सको हकप्रदलाई आइपीओ ग्रेड थ्रीको रेटिंग प्रदान गरेको छ । 

हाल यो बिमा कम्पनीको चुक्तापूँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोडको उचाईमा पुुग्नेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी २०७५ असारसम्ममा १ अर्ब हुनुपर्ने तोकेको छ ।