काठमाण्डौ । हिमालय जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा खूदनाफातर्फ ११ लाखको मात्र प्रगति निकालेको छ । अघिल्लो वर्ष १३ करोड ८ लाख रहेको यो कम्पनीको खूद नाफा केही बढेर समीक्षा अवधिमा १३ करोड १९ लाख मात्र पुुगेको हो । 

यो अवधिमा हिमालयनले २७ करोड २७ लाख रुपैयाँ बिमा शुल्क बापत आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १३ लाख थियो । 

यस्तै, यो अवधिमा हिमालयन जनरलले १४ करोड ९५ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी ९ करोड ७७ लाखमा सीमित थियो । 

समीक्षा अवधिसम्म यो कम्पनीको जारी बिमालेखको संख्या ४४ हजार २ सय ३१ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३५ हजार ६ सय २६ रहेको थियो । 

यो अवधिमा बिमा कोषमा ३३ करोड ५ लाख जम्मा भएको छ । अघिल्लो वर्ष यस्तो कोषमा २६ करोड ४५ लाख मात्र थियो । यस्तै, अघिल्लो वर्ष ११ करोड ८९ लाखमा सीमित जगेडाकोष केही बढेर १२ करोड ७ लाखको उचाईमा पुुगेको छ । कम्पनीको चुक्तापूँजी ३८ करोड ५२ लाख छ । 
यो अवधिमा हिमालय जनरल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३४.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१७.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.७४ गुणा कायम भएको छ ।