काठमाण्डौ । हुण्डाई मोटर्सले भारतमा स्मार्ट कनेक्टेड एसयूवी भेन्यू(Venue)को लञ्चिङपछि आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार जुलाई महिनामा लञ्च गर्ने तयारी थालेको छ ।
भारतमा लञ्च भएको १५ दिनभित्रै यस्ता कारहरु नेपाली बजारमा आइपुग्ने गर्छन ।
इलेक्ट्रिक कार कोना(Kona)को केही महत्वपूर्ण तस्विर तथा फिचर्स समेत लिक भइसकेको छ ।
नेपालमा यो कार निकै महंगो पर्नेछ । भारतमै यसको मूल्य २२ देखि २५ लाख पर्नेछ ।
हुण्डाईको इलेक्ट्रिक एसयूभी कोना भारत, नेपाल भन्दा अगाडि यूरोपीय देशहरुमा लञ्च गरिसकिएको छ । जहाँ यसको दुईवटा भर्जन पेश गरिएको छ । यसको टप भेरिएन्टमा ६४ Kwh ब्याट्री प्याक दिइएको छ, जसको इलेक्ट्रिक मोटर २०४ PS पावर तथा ३९५ न्यूटन मिटरको पिक टर्क उत्पादन गर्दछ ।
यसको टप भर्जनलाई एकपटक चार्ज गरेपछि ५४६ किलोमिटर चलाउन सकिन्छ । जबकि कोनाको लोअर भेरिएन्टमा ३९.२ kWh ब्याट्रीको प्याक दिइएको छ । जसको इलेक्ट्रिक मोटर १३६ PS को पावर तथा ३९५ न्यूटनको पीक टर्क उत्पादन गर्न सक्छ । लो भर्जनवाला कोनालाई एकपटक चार्ज गरेपछि ५४५ किलोमिटरको माइलेज दिन्छ ।
भारतीय बजारमा हुण्डाई प्यलब भ्ख् को सीमित लिमीटेड मात्र बिक्री हुन्छ । रिपोर्टका अनुसार पहिलो चरणमा भारतमा जम्मा ५० वटा कार मात्र बिक्री गरिनेछ । यसमध्ये केही कार नेपाली बजारमा समेत पठाइनेछ ।
तथापि, माग बढेपछि यसलाई ठूलै परिमाणमा बजारमा ल्याउने कम्पनीको योजना रहेको एजेन्सीहरुले जनाएका छन् ।
हुण्डाई इलेक्ट्रिक कारको असेम्बिलिङ चेन्नई प्लान्टमा हुनेछ ।
हुण्डाईका अनुसार यसको भेन्यू Venue कारका लागि भारतमा मात्रै करिब २० हजार युनिटको बुकिङ आइसकेको छ । नेपालमा समेत यो कारको उच्च माग छ ।
यो कारका लागि ३ देखि ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । भारतसँगै भेन्यूलाई अन्य देशमा पनि निर्यात गरिने कम्पनीले जनाएको छ । नेपालमा यो कार आइपुग्न ३ देखि ४ महिनाको समय लाग्नसक्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago