काठमाण्डौ । हुन्डई मोटरले आफ्नो नयाँ मोडलको कार Grand i10 Nios भारतमा अगस्ट २० तारिखमा लन्च गर्दैछ ।
गत अगस्ट ७ मा अनौपचारिक रुपमा सार्वजनिक गरिएको यो कारको बुकिङ भने शुक्रबारबाट खुला गरिएको छ । खरिदकर्ताले भारु ११ हजार अग्रिम भुक्तानी दिएर भारतका सबै डिलरसिल वा अफिसियल डिजिटल प्लेटफर्ममा बुक गर्न सकिन्छ ।
विशेषगरी भारतमा कारका लागि Grand i10 Nios नाम दिइएको छ । तर विश्व बजारमा यसको नाम i10 रहने छ ।
यो कार १.२ लिटर पेट्रोल र १.२ लिटर डिजल इन्जनको हुनेछ । दुवै इन्जिन बीएस६ एमिसन नम्र्सअनुरुप हुनेछ ।
यो नयाँ कारको मूल्य यसको वर्तमान मोडलभन्दा थोरै बढी पर्नेछ । यो कारको मूल्य भारु ४.९८ लाखदेखि ७.६३ लाख रुपैयाँको बीचमा हुनेछ ।
यो कारमा सिग्नेचर कास्क्याडिङ ग्रिल, ठूलो बम्पर, कम्प्याक्ट र स्पेसियस इन्टिरियर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एबीएस र डुअल एयरब्याग्सजस्ता फिचर्स समावेश गरिएको छ । – एन्जेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago