काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले विश्वका अटो विज्ञहरु चकित पर्ने कारको कन्सेप्ट तयार गरेको छ। 

हुन्डाईले आफ्ना दुई फरक कन्सेप्टलाई मर्ज गरेर फ्लाइङ कार ल्याउने योजना तयार गरेको छ। यो फ्लाइङ कारमा डिट्याचेबल (छुट्टिन मिल्ने) ड्रोन हुनेछ। अर्थात् यो कारले सडकमा गुड्नेमात्रै होइन हावामा पनि सजिलै उड्न सक्नेछ। 

हुन्डाईले यो डिजाइनका लागि अमेरिकी ट्रेडमार्क कार्यालयमा पेटेन्ट पनि दर्ता गराएको छ।

हुन्डाईका अनुसार जमिन र हवाई सवारी दुवैका आ–आफ्ना सीमा हुनेछ। तर, हुन्डाई यो कन्सेप्टले कम्पनीको सबै समस्या समाधान गर्नेछ। यो कन्सेप्ट कार सडकमा सहज रुपमा चल्नेमात्र होइन आवश्यक पर्दा हावामा पनि सजिलै उडाउन सकिन्छ। 

हुन्डाईले हाइड्रोजन र सिंथेटिकजस्ता वैकल्पिक इन्धन पनि खोजिरहेको छ। यद्यपि, यसमा ब्याट्री र विद्युतीय मोटरको पनि प्रयोग हुनेछ।

इलेक्ट्रिक कारका लागि ड्राइभिङ दायरा र चार्जिङ सबैभन्दा ठूलो समस्या हो। तर, यो कन्सेप्टमा विद्युतीय कारसँगै ड्रोन पनि दिइएको छ। यो अवस्थामा यदि कारको ब्याट्री सकियो भने कारको शीर्षमा ड्रोनले विद्युतीय सवारीका लागि मोबाइल चार्जिङ स्टेसनका रुपमा काम गर्न सक्छ। जसका कारण कारलाई अन्य चार्जिङ स्टेसनमा लैजानुपर्दैन। यद्यपि, यसको ब्याट्री प्याक वा पावर आउटपुटका बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।

यो प्रविधिको सबैभन्दा चाखलाग्दो फाइदा पनि राम्रो माल ढुवानीका रुपमा हेरिएको छ। ड्रोनसँग जोडिएको ग्राउन्ड बेस्ड गाडीलाई भारी ट्राफिकका बीचमा आवश्यक भएमा हावाबाट एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ। यसबाहेक सुरक्षाका हिसाबले पनि यो गाडी निकै राम्रो साबित हुनेछ। अर्थात् एकै ठाउँमा जमिनमा गाडी पार्किङ गरेर आसपासका क्षेत्रको निगरानी गर्न ड्रोनको प्रयोग पनि गर्न सकिन्छ। –एजेन्सी