Symbolic Photo
काठमाण्डौ । नेपालमा बेरोजगारीको समस्या निकै छ । पढाइ पूरा गरिसकेका शिक्षित बेरोजगार त झन कति हो कति । आफ्नो योग्यताअनुसार काम नपाउँदा थुप्रै युवायुवती विदेसिन पनि बाध्य छन्। कोही पढाइ पूरा गरेर पनि अभिभावककै भरमा भौँतारिनुपर्ने अवस्था पनि छ ।
यस्तो अवस्थामा आफ्नो रिटायर्डमेन्ट भविष्यलाई जोखिममा पारेर वयस्क सन्तानलाई वित्तीय मद्दत गर्नु समझदारी होला । पक्कै हुँदैन । त्यसैले पढाइ सकेका र हुर्किसकेका सन्तानलाई वित्तीय सहयोगभन्दा पनि उनीहरुलाई आत्मनिर्भर बनाउनेतिर ध्यान दिन जरुरी हुन्छ ।
यदि आमाबाबुले पढाइ पूरा गरिसकेका र हुर्किसकेका छोराछोरीलाई निरन्तर वित्तीय मद्दत गर्छन् भने उनीहरु आफ्ना सन्तानको भविष्य जोखिममा पारिसकेका हुन्छन् । किनकि यसले उनीहरुलाई परनिर्भता बनाउँछन्, जसले उनीहरुलाई आफ्नो बाटो पहिल्याउन अड्चन खडा गरिरहेको हुन्छ । यसले भविष्यमा गम्भीर परिणाम नल्याउला भन्न पनि सकिन्न ।
हुर्किसकेका सन्तानलाई वित्तीय मद्दत गरिराख्दा अभिभावकको रिटार्डमेन्टपछिको अवस्था पनि दयनीय बन्न सक्छ । अभिभावक आफ्ना सन्तानको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् नै तर हरपल भविष्यबारे चिन्ता गर्नुभन्दा उनीहरुको भविष्य सुनिश्चिता बाटो देखाउनु उचित हुन्छ ।
आफ्ना सन्तानलाई आत्मनिर्भर बनाउन यी नियम पालना गर्नुहोस् –
पहिलो – यो सुनिश्चित गर्नुहोस् कि परिवार नियमबद्ध तरिकाले चलेको छ । हुर्केका सनतान, उसको परिवार र अभिभावक साथमा रहँदा संयुक्त बैंक खाता खोल्नुहोस्, जसमा हरेकलाई योगदान गर्नुपर्ने नियम बनाउनुहोस् । त्यसपछि दैनिक कार्यसूची बनाउनुहोस्, जसमा कसले के गर्ने भनेर जिम्मेवारी छुट्याउनुहोस् । यसले सन्तानलाई जिम्मेवारीबोध बनाउँछ र अभिभावकप्रति उसको उत्तरदायित्व पनि बढाउँछ ।
दोस्रो – आफ्ना सन्तानको मागलाई आफ्नो भावनात्मक सीमा र मनोवैज्ञानिक तरिकाले पूरा गर्नुहोस् । यसमा दुवै आमाबाबु सहमत हुन जरुरी छ कि आफ्ना सन्तानको माग कतिसम्म पूरा गर्ने ? कतिपय अभिभावक आफ्ना सन्तानको हरेक माग पूरा गर्ने होडमा हुन्छन् । अझ विशेषगरी आमा सन्तानप्रति बढी दयालु स्वभाव देखाउँछिन् । यसले सन्तानलाई आत्मनिर्भरभन्दा पनि परनिर्भर बनाउन प्रेरणा गरिरहेको हुन्छ । त्यसैले आफ्ना सन्तानलाई मायासँग डर पनि देखाउन जरुरी हुन्छ ।
तेस्रो – आफ्नो सम्पत्तिलाई घटाउनेभन्दा बढाउनेतर्फ ध्यान दिनुहोस्। तपाइँले कमाएको धन के–कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार तपाइँलाई नै हुन्छ । त्यसैले आफूले कमाएको सम्पत्ति सन्तानको अनावश्यक मागमा खर्च गर्नुभन्दा पनि उनीहरुका नाममा जम्मा गरिदिँदा उत्तम हुन्छ । त्यो पैसाले भविष्यमा छोराछोरीले कुनै व्यापारव्यवसायमा लगाउन सक्छन् ।
यी नियमसँगै अभिभावकले आफ्ना सन्तानको हरेक मागलाई सोचविचार गरेरमात्र पूरा गर्न जरुरी हुन्छ । सन्तानको माग तत्काल पूरा गर्ने बानीले पछि अभिभावकलाई नै समस्या हुन सक्छ ।
अभिभावकले सन्तानको भविष्यमात्र होइन आफ्नो भविष्यका बारेमा पनि चिन्ता गर्नु जरुरी हुन्छ । वर्तमान सन्तानको भविष्य उज्जवल होस् भनेर खर्च गरिएको सम्पत्ति पछि फर्केला वा नफर्केला तर तपाइँको बूढापा अप्ठेरो गरी बिताउनुपर्ने हुन सक्छ ।
त्यसैले हरेक अभिभावकले आफ्नो छोराछोरीको भविष्यसँगै सम्पत्तिको जगेर्ना कसरी गर्ने भन्नेबारे बेलैमा सोच्न जरुरी हुन्छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago