काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा, बीच बैंकका ग्राहकलाई होटेलकोे सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखराबाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।