काठमाण्डौ । फ्युल पम्पमा गडबडी देखिएपछि होन्डा कम्पनीले ६५ हजारभन्दा बढी युनिट विभिन्न मोडलका कार बजारबाट फिर्ता मगाएको छ।
फ्युल पम्पमा देखिएको गडबडीका कारण गुडिरहेको कारको इन्जिन बन्द हुने, स्टार्ट नै नहुनेजस्ता समस्या देखिन थालेपछि होन्डा कम्पनीले विभिन्न मोडलका ६५ हजार ६५१ युनिट कार बजारबाट फिर्ता मगाएको हो। कम्पनी यही २० जुन त्यस्ता कार फिर्ता मगाउँदै सट्टामा अर्काे कार उपलब्ध गराउने निर्णय गरेको छ।
आउनुस् कम्पनीले कुन मोडलका कार कति फिर्ता मगाउँदैछ ? जानौँ।
होन्डा अमेज
कम्पनीले यो मोडलको कार बजारबाट ३२ हजार ४९८ युनिट फिर्ता मगाएको छ। कम्पनीले सन् २०१८ मा बनेका यो मोडलका कारण फिर्ता मगाएको हो। यो मोडलको कार नै कम्पनीले सबैभन्दा धेरै बजारबाट फिर्ता मगाएको छ।
होन्डा सिटी
कम्पनीले सन् २०१८ मा बनेका यो मोडलको कार फिर्ता मगाएको छ। कम्पनीले यो मोडलका १६ हजार ४३४ युनिट कार फिर्ता मगाएको हो।
होन्डा डब्ल्यूआर–भी
कम्पनीले होन्डाको शानदार कार डब्ल्यूआर–भीको ७ हजार ५७ युनिट बजारबाट फिर्ता मगाएको छ। जसमा सनु २०१८ मै बनेका धेरै छन्।
होन्डा ज्याज
कम्पनी होन्डा ज्याज ७ हजार ५०० युनिट कार फिर्ता गर्ने भएको छ। यो कार पनि धेरैजसो सन् २०१८ मै बनेकाहरु छन्।
यसैगरी कम्पनीले होन्डा बीआर–भी, होन्डा बिरियो र सीआर–भीजस्ता कारहरु पनि बजार फिर्ता गर्ने भएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19