काठमाण्डौ । अहिलेसम्म त हामीले कुनै सामान वा मानिसलाई कब्जा वा अपहरण गरेपछि फिरौती माग गरिएका घटना सुनेका र देखाएका छौँ । यदि कसैले तपाइँको फोटोका लागि फिरौती माग गर्यो भने अब आश्चर्य मान्नुपर्ने अवस्था छैन । किनकि आउने दिनमा यस्ता गतिविधि पनि हुन सक्छन् ।
कम्प्युटर र मोबाइल फोनपछि अब ह्याकर्सको नजर तपाइँको क्यामेरामा पर्न थालेको छ । त्यसैले ह्याकर्सले तपाइँको क्यामेरामा खिचिएको तस्बिर वा भिडियो ह्याक गरेर त्यसको बदलामा चाहेजति रकम असुल गर्न सक्छन् ।
विशेषगरी डीएसएलआर क्यामेरा ह्याकर्सको सिकार हुन सक्छन् । सुरक्षा एजेन्सीहरुले चेतावनी दिएका छन् कि डीएसएलआर क्यामेरामा रनसमवेयर र मलवेयर हमला हुन सक्छ ।
साइबर सुरक्षा कम्पनी चेक प्वाइन्ट सफ्टवेर टेक्नोलजिजका शोधकर्ताका अनुसार आधुनिक क्यामेरा यूएसबी र वाईफाईसँग जोडिएका हुन्छन् । यस्तोमा ह्याकर्सले ती क्यामेराबाट डाटामा पूरै कन्ट्रोल गर्न सक्छन् ।
टेक्नोलोजिजका सुरक्षा अधिकारी इयाल इटकिनका अनुसार कुनै पनि स्मार्ट डिभाइस भएका डीएसएलआर क्यामेरा ह्याकर्सका लागि हमला गर्न निकै सजिलो हुन्छ । अनि ह्याकर्सले सजिलै त्यस्ता क्यामेरामा रहेका तस्बिरहरु कब्जामा लिई फिरौती माग्न सक्छन् ।
आधुनिक क्यामेरामा तस्बिरहरु फिल्म (रिल) मा उतारिँदैन । त्यसैले इन्टरनेसनल इमेजिङ इन्डस्ट्री एसोसिएसनले एउटा मानक प्रोटोकल बनाएको छ । जसमा पिक्चर ट्रान्सफर प्रोटोकल (पीटीपी) नाम दिइएको छ । यसले क्यामेरामा रहेका तस्बिर पीसीमा ट्रासफर गर्छ ।
चेक प्वाइन्टले आफ्नो रिसर्चका क्रममा थुप्रै यस्ता ईओएस ८० क्यामेरामा काम गरेको छ र त्यस्ता क्यामेराका कमीकमजोरीबारे उत्पादक कम्पनीलाई जानकारी गराएका छन् ।
ह्याकरको पहुँचबाट बच्नका लागि क्यामेराधनीहरुले आफ्नो क्यामेराको फर्मवेयरमा अपडेट गर्नुपर्छ र यदि प्याच भयो भने त्यसलाई इन्स्टल गर्नुपर्छ । त्यस्तै क्यामेरा प्रयोगमा छैन भने त्यसको वाईफाइ बन्द गर्नुपर्छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago