काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र धुम्बाराहीस्थित ह्याम्स अस्पतालबीच सम्झौता भएको छ ।
बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुखबजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरे ।
हाल यो बैंकको देशभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकका करिब १६ लाख ग्राहक छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago