काठमाण्डौ । लकडाउनका कारण बैंकहरुको व्यापार समेत सुस्ताएको बेला ब्याजदर समेत ह्वात्तै घटेको छ ।
नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको वित्तीय अवस्थाको समीक्षा रिपोर्टमा यस्तो देखिएको हो।
केन्द्रीय बैंकका अनुसार यो अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ वैशाखको ९.५९ प्रतिशतको तुलनामा २०७७ वैशाखमा ८.९६ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्षको ९ महिनासम्ममा पनि यस्तो आधार दर ९.३६ प्रतिशत थियो । यसको अर्थ बैंकको ब्याजदर चैतको तुलनामा बैशाखमा झनै घटेको छ ।
२०७६ वैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.२९ प्रतिशत रहेकोमा २०७७ वैशाखमा ३.५१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ वैशाखको ६.१२ प्रतिशतको तुलनामा २०७७ वैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।
चैतमा भने ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.१३ प्रतिशत कायम भएको थियो । यो समयसम्म वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २.१३ प्रतिशत कायम भएको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । चैतसम्म निक्षेप ९.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago