काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् ।

रिलायन्स इन्डस्ट्रिज र अन्य कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै अम्बानीको कुल सम्पत्ति १०० अर्ब डलर(१०० बिलियन डलर) पुगेको हो । 

गत बिहिबार कम्पनीको सेयरमूल्य रेकर्डस्तरमा पुगेको छ । 

ब्लुमबर्ग इन्डेक्सका अनुसार मुकेश अम्बानीले पछिल्लो कारोबार सत्रमा २.७६ बिलियन डलर आर्जन गरेका छन् ।

यससँगै उनको कुल नेटवर्थ १०२ बिलियन डलर पुगेको छ । उनी विश्वको धनाढ्यको सूचीमा भने १२ औँ स्थानमा छन् । विश्वमा १०० अर्ब डलर सम्पत्ति भएका जम्मा १२ जना मात्रै धनाढ्य छन् । 

पछिल्लो दुई कारोबार सत्रमा अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सेयरमूल्यमा ५.४ प्रतिशतको उछाल आएको छ । जसका कारण उनको सम्पत्तिमा श्रीवृद्धि भएको हो । 

ब्लुमबर्गका अनुसार २१२ अर्ब डलरका साथ एलन मस्क धनाढ्यको सूचीमा पहिलो स्थानमा छन् । तथापी सन् २०२४ को सुरुवातमा उनको सम्पत्तिमा १७ अर्ब डलरको कमी आएको छ ।