काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन लागेको हो ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बोलकबोल गर्न दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले आज बुधबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।
निक्षेपको साँवा ब्याज भुक्तानी आगामी मंसिर १३ गते हुनेछ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम तान्न लागेको हो।कर्जा प्रवाह यथेष्ट हुन नसक्दा पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19