Nepal Rastra Bank
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन २६ गते ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले १० वर्षे ‘विकास ऋणपत्र २०८४ क’ बिक्री गर्न लागेको हो ।
सरकारले आन्तरिक ऋण उठाउन निश्चित ब्याजदर तोकी व्यक्ति वा संस्था दुवैले खरीद गर्नसक्ने गरी जारी गरेको मध्यकालीन अवधिको ऋणपत्र नै विकास ऋणपत्र हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा भएको घोषणाअनुसार आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले १० वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
बोलकबोलबाट निश्कासन हुने यो ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्रबैंकले जनाएको छ । ब्याजदर समेत बोलकबोलबाटै निर्धारण हुनेछ ।
साउन २६ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने र साउन २७ गतेदेखि यो ऋणपत्र जारी हुनेछ । यसको अवधि ०८४ साउन २७ गतेसम्म रहनेछ । ऋणपत्रमा लगानी गर्नेलाई अर्धवार्षिक रुपमा ब्याजकर कटाएर ब्याज भुक्तानी दिइनेछ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात रु. ४०० करोड र रु. १०० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने बताइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाट गरिने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।
खरिदकर्ताले घटीमा रु. पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आउने गरी आवेदन दिनुपर्ने बताइएको छ ।
यो ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।
यस्तै, प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ । ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धा्रित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिने बताइएको छ ।
विकास ऋणपत्र निश्कासनको बिषयमा राष्ट्रबैंकले जारी गरेको सूचना यस्तो छ :
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago