काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार १० ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन बोटलर्स नेपाल(बालाजु),हिमालयन डिष्टीलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर,यूनाइटेड इदिमार्दी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, हाथवे  इन्भेष्टभेन्ट, सोनापुर मिनरल्स एन्ड आयल र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक बढेको छ ।

यो समाचार तयार पार्दाको समय २ बजेसम्ममा बजार २६.४७  अंकले बढेर २ हजार १३२ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ ।

नेप्से विश्लेषणलाई आधार मान्ने हो भने बजार उच्च विन्दु २ हजार ७० भन्दा माथि माथि टिकेर कारोबार भएमा भने अबका दिनमा बजारले बुलिस यात्रा तय गर्न सक्छ ।

बजार जहिल्यै पनि एकोहोरो बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन ।सानो९सानो करेक्सन आउँदै बजार बढ्यो भने त्यस्तो बजार बलियो हुँदै जान्छ ।  बजारले पुनः माथिको यात्रा तय गर्दछ ।