काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार १० ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन मैलुङ खोला हाइड्रोपावर,सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, माईखोला हाइड्रोपावर,माथिल्लो मैलुङ खोला हाइड्रोपावर,चिरख्वा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी,मुक्तिनाथ कृषि कम्पनी, भिजन ऊर्जा कम्पनी, अपर सोलु हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय १ बजेसम्ममा बजार १२ अंकभन्दा बढीले बढेर २ हजार १२६ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा ३ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।

नेप्से विश्लेषणलाई आधार मान्ने हो भने यो साता बजारमा केहि दिन करेक्सन चल्छ  र यो स्वस्थ्य करेक्सन नै हुन सक्छ ।बैंकिङ समूह सुस्त रहेका कारण बजार बढ्न हाइड्रोले नै ‘लिड’ गर्नुपर्ने लगानीकर्ता बताउँछन् ।

सुरुवाती समयमा आइतबारको कारोबारलाई हेर्दा सकारात्मक सर्किट लागेका अधिकांश कम्पनीमा हाइड्रोपावर कम्पनी नै धेरै छन् ।गत साता पनि हाइड्रोपावर कम्पनीले बजारमा लिड गरेका थिए ।